बाराकाे बडहर्वाबाट एकजना बेवारिसे महिला उद्धार मानवसेवा आश्रम वीरगंज शाखाले २०८२ भाद्र १६ गते सोमबार दिउसो २. ३० बजे वारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट मानसिक अवस्था कमजोर भएको एकजना अन्दाजी ४० वर्षीय महिला आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसक्ने व्यक्तिलाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज लगिएको छ।

आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार हुनेछ ।
उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू, मानवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारुज्यू, आश्रम की संयोजक मुना मगर ज्यु, आश्रम का स्वेम सेवक सरोज वि.क, दिपेन्द्र चौधरी ज्यु,प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह ज्यु, सोहि वडा का वडा अध्यक्ष चतुर बाबु वाग्ले ज्यु साथै स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो !





