काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित दायर गरेको मुद्दामा सुनुवाइ गर्नै न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।
यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।
त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।





