धनुषा, असोज ३ धनुषा जिल्लामा सशस्त्र प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। जिल्लाको विदेह नगरपालिका–३, गोब्राहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा ८३५ किलोग्राम फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रबार दिउँसो करिब १३:२० बजे सो गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल¸ नेपालले जनाएको छ ।





