३ बर्षभित्रमा मधुवनीका ७४१ जनाले पाए नागरिकता
गोडैता -१२ मधुवनीका ७४१ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन। ३ बर्षभित्रमा त्यहाँका ७४१ जनाले नयाँ नागरिकता प्राप्त गरेका छ्न। २०७९ देखि हाल सम्म ७४१ जनाले नागरिकता प्राप्त गरेको वडा अध्यक्ष केशव कुमारले बताएका हुन। वहाँका अनुसार सोह्र बर्ष पारी नागरिकता जारी अभियानमा ७४१ जनाले नागरिकता प्राप्त गरेका छन।

दलित ३ सय जना, मुस्लिम ५० जना र जन्म सिद्धको अधारमा १७८ जनाले नागरिकता प्राप्त गरेका छन
त्यस्तै अपाङ्गता भएका ६ जना र ५० बर्षभन्दा माथिका उमेरका २१ जनाको नागरिकता बनाउन सफल भएको वडा अध्यक्ष केशव कुमारले बताएका हुन।
१६ वर्ष पुग्नसाथ नागरिकता नलिँदा र विवाहपश्चात् पनि नागरिकता नलिई ५० कटेका महिलाहरु विभिन्न समस्यामा पर्ने गरेको वडा अध्यक्ष को भनाइ छ । नागरिकताबाट कोहि बन्चित नरहोस उद्देश्यका साथ वडा अध्यक्ष केशवले घर-घरमै पुगी नागरिकता सिफारिस गरी अशक्त ,असहाय गरीवलाई जिल्ला प्रशासन कार्यालयमा समेत लगी हात-हातमा नागरिकता दिइएको स्थानीयहरु बताउछन।





