रामनगर गाउँपालिका वडा न.-३ का वडा अध्यक्ष अजय यादवले ८ वर्षसम्म नबनेको रौतहट सर्लाहीको बागमती नदी पुल निर्माणका लागि आमरण अनशन बस्ने घोषणा गरेका छन्।

वडा अध्यक्ष यादवले पुल निर्माणमा ठेकेदार ब्राईट कम्पनी प्रालिले ९० प्रतिशत काम गरी अलपत्र अवस्थामा छोडेको र काम सुचारु गर्न कुनै साँचो नदेखाएको भन्दै आमरण अनसन बस्ने घोषणा गर्नुभएको हो।
वडा अध्यक्ष यादवले बागमती पुल, रामनगर गाउँपालिका कार्यालय देखी सिसौट सम्मको सडक , रामनगरको वडा न-१ देखी बलरा-१० सुदामा जोडने ब्यारेजमुनिको पुल निर्माणको माग गरेका छन।
बर्षा, बाढीको बेला धुर्वा ,खैर्वा र बहुअर्वाका बासिन्दाहरु यी समस्याहरूबाट बढी ग्रसित बने गर्छन। आवगमन थप हुन्छ, यताको मान्छे उता र उताको मान्छे यता आउन सकिने अवस्था हुदैन ।
बागमती पुल नबन्दा ढुङ्गाको सहाराले जोखिपुर्ण यात्रा गर्न बाध्य छ्न भने, गाउँपालिकाको कार्यालय देखी सिसौट सम्मको सडक अति नै जीर्ण बनेर खुल्डामा परिणत भएपछि आवागमनमा निकै समस्या भइरहेकोले सो सडक निमार्णको ठेक्का लिएको निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन्।
त्यस्तै ब्यारेज मुनि पानीको बहाव तिब्र हुदा मनुष्यमारा पारी पर्ने वडा न.- १ कै बुलक्नी टोलका स्थानियहरु बिचल्लीत हुन्छ्न।
वडा अध्यक्ष यादवले यो कुनै पार्टी र जातिको मात्र न भैइ सम्पुर्ण पार्टी र जातीको समस्या रहेकोले यो अभियान सफल बनाउन अपिल समेत गरेका हुन। नो रोड , नो पुल- नो भोटका नारा दिदै अभियान चलाईएको र अभियानमा सवैलाई सहभागी हुन समेत बिनम्र आग्रह गरीएको छ।
छ्ठ लगतै सर्वपक्षीय भेला बसी ज्ञापन पत्र बुझाउने र त्यस पश्चात् अनसन बस्ने वहाँले बताउनु भयो।





